• मंसिर १२ २०८१, बुधबार

अफगानिस्तानको आठौँ विकेट गुम्यो, नेपालका स्पिनर दीपेश कँडेलले लिए विकेट

माघ १२ २०८०, शुक्रबार

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको आठौं विकेट लिएको छ। नेपालका स्पिनर दीपेश कँडेलले आठौं विकेट लिएका हुन्।

२१औं ओभरको समाप्तिसँगै अफगानिस्तान ८ विकेटको क्षतिमा ८८ रन बनाएर खेल्दैछ। यसअघि नेपालका आकाश चन्दले पाँच विकेट,र गुल्सन झाले १ विकेट तिलक भण्डारीले १ विकेट लिएका थिए।