• मंसिर १२ २०८१, बुधबार

दोस्रो ओभरमा नेपालले अफगानिस्तानको दोस्रो विकेट लियो

माघ १२ २०८०, शुक्रबार

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको दुई विकेट लिएको छ ।

नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच गराएका थिए ।

आउट हुनुअघि नुमनले खातासम्म खोल्न सकेका थिएनन् । पहिलो ओभरको चौथो बलमा नुमन आउट हुँदा अफगानिस्तानले केवल एक रन बनाएको थियो । त्यसपछि दोस्रो ओभरको तेस्रो बलमा नेपाली बलर आकाश चन्दले अफगानिस्तानको दोस्रो विकेट लिए ।