• जेष्ठ ६ २०८३, बुधबार

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माघ १२ २०८०, शुक्रबार

काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एसएस चोकनजिक टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार राति करिब साढे ९ बजेतिरबा ३ क १७४५ नम्बरको टिप्परले प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका नेपालको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९:५३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।