• आश्विन १३ २०८१, आईतवार

जाडोमा बदाम खानुका फाइदा

माघ १२ २०८०, शुक्रबार

पारिलो घाम ताप्दै साथीभाइसँग गफ गर्दै बदाम खानुको मज्जै बेग्लै हुन्छ । तर त्यो भन्दा बढी बदामले स्वास्थ्यमा लाभ पुराउँछ । वास्तवमा बदाममा पौष्टिक तत्वहरूले भरपुर हुन्छ र यसलाई खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ।  स्वाद र पौष्टिकताले भरपुर बदाम खाँदा मष्तिस्क तेज हुनुका साथै मुटुलाई पनि लाभ प्रदान गर्छ ।

यस्ता छन् बदाम खानुका फाइदाहरू :
तौल घटाउँछ
बदाममा फाइबरको मात्रा भरपुर हुने भएकाले बदाम खाँदा छिट्टै भोक लाग्दैन । फलत तौल व्यवस्थापनमा बदामले मद्दत गर्छ ।

स्मरणशक्तिमा लाभ
बदाममा भिटामन बी ३ पाइन्छ । यसले स्मरणशक्ति बढाउने र तेज बनाउन मद्दत गर्छ ।

डिप्रेसनमा लाभ
बदाममा हुने ट्राइपटोफन तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनावबाट मुक्त हुन दैनिक बदाम खाँदा लाभ पुग्दछ ।

गर्भवतीलाई लाभदायी
गर्भमा बढिरहेको बच्चाको विकासको लागि गर्भवती महिलाले बदाम खानु लाभदायी हुन्छ ।

मधुमेह र कोलेस्टेरोल नियन्त्रण
बदाममा पाइने म्याग्रेसियमले शरीरमा ब्लड सुगरको तह कायम राख्न मद्दत गर्छ । साथै यसमा पाइने फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।

क्यान्सरको जोखिम कम
बदाममा पाइने आइरन, एन्टिअक्सिडेन्ट, जिंक र फोलेट क्याल्सियमले शरीरलाई क्यान्सर सेलबाट लड्नको लागि सहयोग गर्छ । साथै यसमा पाइने फाइटोस्टेरो तत्वले ट्युमरलाई नियन्त्रण गर्छ । जसले क्यान्सर हुनबाट जोगाउँछ ।

मुटु र छालमा लाभ
बदाममा पाइने एन्टि अक्सिडेन्ट र खनिज तत्वले हार्ट स्ट्रोक वा मुटुसम्बन्धी रोगबाट बचाउँछ । साथै यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेल निकालेर छालालाई नरम बनाउँछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।