काठमामडौं । सभामुख देवराज घिमिरेसँग सभामुखसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निशस्त्रीकरण मामिला सम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छिन्। दुई जनाबीच बिहीबार भेट भएको हो।
भेटमा हतियार निशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियार सम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्र संघ कार्यालयले गरेका विश्वव्यापी निशस्त्रीकरण प्रयासहरूको सराहना गरेका थिए।