काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा जोडिएका नेपाल टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी उपर विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई आयोगले बयानका लागि पटक-पटक आउन ताकेता गर्दा पनि नआएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
२०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो।
त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो। मुद्दा दायरपछि दुवै निलम्बनमा छन्।
पक्राउ परेका उनीहरूलाई भोली विशेष अदालतमा उपस्थित गराइने जानकारी आयोगका उच्च अधिकारीले दिए ।