• जेष्ठ ६ २०८३, बुधबार

काठमाडौंमा सक्रिय भयो मौसम, केही ठाउँमा छिटफुट मात्रामा वर्षा

माघ १० २०८०, बुधबार

काठमाडौँ । केही दिनदेखि काठमाडौँमा बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ । तर राम्रोसँग पानी पर्न सकिरहेको छैन । अपराहन्न उपत्यकाको केही ठाउँमा छिटफुट वर्षा भए पनि अझै राम्रो सँग वर्षा हुन भने केही दिन लाग्नेछ ।

आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार केही दिनमै वर्षा हुने सक्ने बताइन् ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ ।