• जेष्ठ ६ २०८३, बुधबार

भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? एअरपोर्टबाटै फर्किनुपर्ला नि ! यी ६ कुरा अनिवार्य  लिएर जानुहोस्  

माघ १० २०८०, बुधबार

मिति २०८० माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश जाँदै हुनुहुन्छ भने ! यी ६ कुरा अनिवार्य  लिएर जानुहोस्   अन्यथा एअरपोर्टबाटै फर्किनुपर्ला ।

अनिवार्य लैजानुपर्ने कागजात:
कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी ।

सम्बन्धित देशको प्रवेषाज्ञा (VISA) वा On Arrival Visa प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।

दुईतर्फी हवाई टिकट ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद बा डेबिट/क्रेडिट कार्ड)

संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नु पर्नेछ। स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार (Burden of Proof) सम्बन्धित व्यक्तिमा रहने छ ।