काठमाडौं । व्यक्ति हत्याका आरोपीलाई सफाई दिएको भन्दै न्याय परिषद् तानिएका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् ।
न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।
जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।