• जेष्ठ ७ २०८३, बिहीबार

रड प्रहारबाट श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

माघ ७ २०८०, आईतवार

दाङ । रडले हानेर श्रीमतीको हत्या गरेको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

रक्सीले मातेको बेला श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पेण्डुवाले शनिबार राति ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीको टाउकोमा रड प्रहार गरी हत्या गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् ।

पेण्डुवाले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । सहयोगका लागि पुगेका दुई छिमेकीलाई पनि पेण्डुवाले रड प्रहार गरी घाइते तुल्याएका थिए ।