• जेष्ठ ६ २०८३, बुधबार

नेपाल प्रहरी जनपदतर्फका ८२६ हवलदारको बढुवा

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका ८२६ हवल्दारको बढुवा गरिएको छ । प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ । बढुवा सूचीको पहिलो नम्बरमा उम्देश्वर भिन्दवार (यादव) छन् । दोस्रोमा रामहरि मानन्धर, तेस्रोमा टंकबहादुर मल्ल छन् । बढुवा भएको सूची हेर्न यहाँ किल्क गर्नुहोस् ।