काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ घर भएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीले जानकारी दिए ।
प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडौँबाट काँकरभिट्टा हुँदै पश्चिम बङ्गालको बागडोग्रामा पुर्याई भारतीय नागरिकलाई बेचेका थिए ।