• जेष्ठ ६ २०८३, बुधबार

सुन जस्तो देखिने १० तोला पहेलो धातुसहित कास्कीबाट एक जना पक्राउ

माघ ३ २०८०, बुधबार

काठमाडौं । कास्कीमा सुनजस्तो देखिने पहेलो धातुसहित एकजना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–३०, पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेलो धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा पाल्पा रम्बादेबी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलीप गहतराज छन् ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले गएराति भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो । दुई वटा ढिक्का, दुई वटा गोलो रिङ, दुई वटा सानो–सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारेको जनाइएको छ ।