काठमाडौं । काठमाडौंको ब्रह्मटोलस्थित एउटा घरमा आगलागी हुँदा जलेर १ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा आगो लाग्दा उनका छोरा ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको हो ।
बुधबार बिहान विद्युत सर्ट डंगोलको घरमा आगो लागेको थियो । घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।