• आश्विन १३ २०८१, आईतवार

शरीरमा मुसा आउनुका मुख्य कारण यस्ता छन्

माघ ३ २०८०, बुधबार

१ शरीरमा मुसाहरु आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाईरस हो । जन्मिए पछि देखापर्ने मुसाको मुख्य कारण ईन्फेक्सन हो ।

२ प्रकारका मुसाहरु शारीरिक सम्पर्क को माध्यमले पनि फेलिन्छ । मुसा तोरी को दाना देखि अंगूरको को आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँ बाट अर्को ठाउँमा सर्दै जान्छ । सामन्यतया शरीरमा देखिने मुसाहरु कालो, खैरो , सेतो, रातो किसिम को देखिन्छ भने कहिले काहि छालाको रगं जस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरु लाइ यि मुसाहरु आएको थाहा नै हुदैन ।

लक्षणहरु

१ आकारमा यो गोलो,अण्डाकार, च्याप्टो हुन्छ भने केहि चिल्लो मुलायम र च्येप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ ।

२ मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ ।

३ पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिन लाग्दो देखिन्छ, यस्ता मुसाहरु बिषेश गरी हात र खुट्टामा देखिन्छन् ।

क्यान्सर कारक पनि हुन्छ मुसा

यदी तपाईलाई जन्मिदा देखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठुलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रुप धारण पनि गर्न सक्छ । यदी कुनै ब्यक्तिमा तीस बर्षको उमेर पछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढि रहन्छ ।

खतरानाक अवस्थाका मुसा

यदी शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजर अन्दाज गर्नु हुँदैन । यदी मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसंग सल्लाह गर्नु पर्छ ।