काठमाडौं । कार्टुनिष्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने भएका छन्। काठमाडौं नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्दै छन् ।
नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत आउने निर्णय गरेको बताए ।
१७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनहरूमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्ने भएका हुन् ।