• जेष्ठ ६ २०८३, बुधबार

‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन विरुद्द हत्या र बलात्कार सम्बन्धि अभियोग दर्ता

पुष २९ २०८०, आईतवार

काठमाडौँ । रामबहादुर बम्जनविरुद्ध प्रहरीमा थप दुईवटा जाहेरी परेका छन् । उनीविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले बताए ।

बाराको निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेशकुमार आलेलाई बेपत्ता बनाएको आरोप छ । सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।

सुरेशकुमार आले २०७२ जेठपछि सम्पर्कविहीन छन् । बम्जनले रिता बोटको हत्या गरेको आरोप छ । सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका छन् ।

२०७५ मा आले र बोटका परिवारले खोजतलास गरिपाऊँ भदै निवेदन दिएका थिए । पछिल्लो जाहेरीको आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढेको एसपी काफ्लेले जानकारी दिए ।

बम्जन हाल बलात्कार मुद्दा पुर्पक्षका लागीसर्लाही कारागारमा थुनामा छन् । २६ पुसमा न्यायाधीश विष्णुप्रसाद रेग्मीले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।