• जेष्ठ ६ २०८३, बुधबार

न्यायाधीशपत्नीले सर्वोच्च बाहिर गरिन् आत्मदाहको प्रयास

पुष २९ २०८०, आईतवार

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले आत्मदाहको प्रयास गरेकी छिन्। उनले आइतबार सर्वोच्च अदालत बाहिर आत्मदाहको प्रयास गरेकी हुन्।

आइतबार दिउँसो सर्वोच्च पुगेकी उनले गेट बाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। जिउमा मट्टितेल खन्याएको देखेपछि प्रहरीले रोकेको प्रहरीले जनाएको छ।

उनलाई उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनले आफ्ना श्रीमान् गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो। पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।