• आश्विन १३ २०८१, आईतवार

गर्भवती महिलाले आलुबाट बनेका विभिन्न परिकार खानु निकै खतरनाक

पुष २८ २०८०, शनिबार

एजेन्सी  । गर्भवती भएको समयमा महिलाको शरीरमा सुगर अर्थात चिनीको मात्रा अधिकांशमा बढ्ने गर्दछ ।

यसको मुख्य कारण उनीहरुको गलत खानपान पनि हो । खानपानको कुरा गर्दा गर्भवती महिलाले आलु खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । कतिपय महिलाले आलुबाट बनेका विभिन्न परिकार निकै मन पराउने गर्छन् । तर एक अध्ययनका अनुसार गर्भवती महिलाले आलुको परिकार खाएमा त्यसले शरीरमा डाइभिटिज अर्थात मधुमेहको समस्या शुरु गर्न सक्ने छ ।

इन्सुलिन हर्मोनको मात्रामा कमी आउँदा डाइभिटिजको समस्या देखा पर्दछ । डायबिटिज थुप्रै प्रकारको हुन्छ । सामान्य रुपमा टाइप २ डाइबिटिज हुने गर्छ । गर्भावस्थाको समयमा हुने डाइभिटिजलाई जेस्टेसनल डाइबिटिज भनिन्छ ।

युएस नेसनल इन्टिच्युट अफ हेल्थ तथा हावर्ड युनिभर्सिटीले गरेको अध्ययनका अनुसार गर्भवती महिलाले आलु नखानु नै उचित हुने देखाएको छ । आलुको ठाउँमा हरियो सागसब्जी बढी खानु स्वास्थ्यका लागि फाइदाजनक हुनेछ ।

यसले गर्भवती महिलाका साथै उनको पेट भित्रको बच्चाका लागि पनि फाइदाजनक हुनेछ । यसबाट गर्भमा रहेको बच्चाले पौष्टिक तत्व प्राप्त गर्ने छ । सन् १९९१ देखि २००१ सम्म १५ सय महिलामाथि विशेषज्ञहरुले यो अनुसन्धान गरेका थिए ।

अध्ययन अगाडि यी महिलाहरुमा डाइभिटिजको समस्या देखिएको थिएन । जब उनीहरुलाई आलु खुवाउन थालियो, त्यसपछि भने बिस्तारै शरीरमा चिनीको मात्रा देखिएको थियो । यसले गर्भवती महिलाले आलु खान नहुने देखाएको छ ।