• जेष्ठ ६ २०८३, बुधबार

भालुबाङको राप्ती नदीमा बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

पुष २८ २०८०, शनिबार

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती नदीमा खसेकोमा दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनका अनुसार हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। भालुवाङको राप्ती पुलबाट बस खोलामा खसेको हो। विस्तृत विवरण आउन बाँकी छ।