• मंसिर १५ २०८१, शनिबार

यौन हिंसा पीडित गौशाला–२६ को तस्विर सार्वजनिक गरेको भन्दै रास्वपाले गर्यो आफ्ना एक सदस्यलाई कारवाही

पुष २६ २०८०, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।

सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको छ ।