• मंसिर १२ २०८१, बुधबार

सांसद ढकालद्वारा गोरखाको मनकामनामा स्वास्थ्य चाैकी संचालन गर्न माग

पुष २५ २०८०, बुधबार

काठमाडौं । गोरखाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका संघीय सांसद एकनाथ ढकालले गोरखाको मनकामनामा तुरुन्त  स्वास्थ्य चाैकी सेवा संचालन गर्न माग गरेका छन् ।

मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई उनकै कार्यकक्षमा भेटेर ढकालले लिखित रुपमा उक्त माग पेश गरेका हुन् ।

मन्त्री बस्नेतलाई पेश गरिएको पत्रमा गोरखाको शहिद लखन गाउँपालिका वडा नं २ को प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शन गर्न आउने हजारौं दर्शनार्थी र स्थानीय बासिन्दाको सुविधाको लागि स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणहरु सहितको  स्वास्थ्य चाैकी तुरुन्त संचालनको लागि आवस्यक दरबन्दी उपलब्ध गरिदिन माग गरिएको छ ।

सांसद ढकाल केही समय अघि मनकामनाको दर्शन गर्न जाँदा मुल पुजारी इन्सानबहादुर थापामगर तथा स्थानीयले  स्वास्थ्य चाैकी नहुँदाको दुःख बारे उनलाई जानकारी गराएका थिए ।

मन्त्री बस्नेतले  स्वास्थ्य चाैकी संचालनको लागि जिल्ला अस्पतालसँग समन्वयन गरी आवस्यक पहल गर्ने बताएको सांसद ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।