• मंसिर १५ २०८१, शनिबार

७६औं स्वतन्त्रता दिवसको अवसरमा ९ हजार कैदीलाई आममाफी

पुष १९ २०८०, बिहीबार

काठमाडौं । म्यानमारको राज्य प्रशासन परिषदले देशको ७६औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा बिहीबार ९ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ ।

म्यानमारका ९ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्मारको कानूनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ ।
गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५औं वर्षगाँठमा सात हजार १२ कैदीलाई आममाफी दिइएको थियो ।

सन् २०२३ अगष्ट १ मा म्यान्माको दोस्रो वासो चन्द्र महिनाको पुर्णीमाकाे दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिएको थियो ।