• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकी सेनाको एफ–१६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना ग्रस्त

मंसिर २५ २०८०, सोमबार

काठमाडौं । दक्षिण कोरियामा अमेरिकाको एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटना हुँदा पाइलट भने बाहिर निस्किसकेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

दक्षिण कोरियाको गुन्सानस्थित अमेरिकी वायुसेनाको अड्डानजिक दुर्घटना भएको बताइएको छ ।

राजधानी सियोलबाट १७८ किलोमिटर दक्षिणमा रहेको गुन्सान हवाई अड्डाबाट उडान भरेपछि विमान पानीमा खसेको बताइएको छ । यसअघि गत मेमा पनि एफ–१६ विमान दुर्घटनाग्रस्त भएको थियो ।

त्यतिबेला पनि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएका थिए । अमेरिका दक्षिण कोरियाको प्रमुख रक्षा सहयोगी हो । दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सेना तैनाथ छन् ।