काठमाडौं । हमास समूहले इजरायलबाट नियन्त्रणमा लिएका बन्धकहरुलाई रिहा गर्दै आइरहेको छ। हमासले हालसम्म ५४ बन्धकलाई मुक्त गरेको छ। सिएनएनका अनुसार आइतबार हमासले थप १३ बन्धकलाई छोडेको आइरहेको थियो ।
शनिबार पनि १७ जना र शुक्रबार २४ बन्धकलाई उसले रेडक्रसको जिम्मा लगाएको थियो। बन्धक बनाइएकाहरूमध्ये नेपालका विपिन जोशी पनि छन्।
हाल विपिन सम्पर्कसविहीन छन्। परराष्ट्र मन्त्रालयका प्रवक्तासमेत रहेकी सहसचिव सेवा लम्सालले विपिन जोशी अर्को चरणमा छुट्ने सम्भावना रहेको बताइन्। त्यसका लागि कतारका सहायक विदेशमन्त्री सोल्तान विन साद अल–मुरैखीसँग गम्भीर छलफल भएको प्रवक्ता लम्सालले बताइन्।