• फाल्गुन २६ २०८२, मंगलवार

हमास सरकारद्वारा १२ जना थाई नागरिक रिहा

मंसिर ८ २०८०, शुक्रबार

काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाविसिनले हमासको नियन्त्रणमा रहेका आफ्ना १२ जना नागरिक रिहा भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले हमासले १२ थाई कामदार छाडेको पुष्टि भएको बताएको अल्जजिराले जनाएको छ ।
हमासको नियन्त्रणमा कम्तीमा २३ जना थाई कामदार रहेको हुनसक्ने विश्वास गरिएको छ । अक्टोबर ७ को आक्रमणमा ३२ थाई कामदारको ज्यान गएको थियो ।

यसअघि हमास र इजरायलबीच चार दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो । त्यस दौरान हमासले ५० जना बन्दी रिहा गर्ने छ । इजरायलले १५० प्यालेस्टाइनी बन्दी छाड्ने छ । हमासले नेपालका विपिन जोशीलाई पनि नियन्त्रणमा लिएको सरकारी अधिकारीहरू बताउँछन् ।