किएभ । युक्रेनको राजधानी किएभको मध्ये भागमा दुई वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको त्यहाँस्थित एएफपीका रिपोर्टरले शनिबार बिहान बताएका छन् ।
‘राजधानीको बायाँ किनारामा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । प्रारम्भिक जानकारी अनुसार हवाई प्रतिरक्षाले ब्यालेस्टिक हतियारविरुद्ध काम गरेको छ,’ किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा लेखेका छन् ।
अहिलेसम्म कोही व्यक्ति घाइते भएको खबर प्राप्त नभएको उनले बताए । युक्रेनको राजधानीमा लामो समयको शान्तिपछि उक्त आक्रमण भएको हो । युक्रेन र रुसबीच एक वर्षदेखि युद्ध जारी छ ।