• फाल्गुन २६ २०८२, मंगलवार

हमासको ड्रोन हमलामा १९ इजरायली सैनिक मारिए

कार्तिक १७ २०८०, शुक्रबार

काठमाडाौं । केही समयअघि रुसको राष्ट्रपति निवासमा भएको ड्रोन हमलालाई रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको असफल हत्या प्रयास, जसमा युक्रेनको हात छ भन्ने गरेको छ ।

सन् २०२२ को फेब्रुअरी यता जारी उक्त युद्ध अझै रोकिएको छैन । यतिबेला रुस र युक्रेनको युद्धलाई छायाँमै पार्ने गरी हमास र इजरायलबीच युद्ध जारी छ । २८ दिनयता जारी युद्धमा हमास शासित गाजास्ट्रिपमा इजरायलले ९ हजार सर्वसाधारणको ज्यान लिएको छ भने इजरायलमा १४ सयले ज्यान गुमाएका छन् । गाजामा घातक हवाई हमलापछि यतिबेला इजरायली सेना थल युद्धका लागि गाजाभित्रै घुसेका छन् तर, थल युद्ध गर्न गएका इजरायली सेनालाई हमासको ड्रोनले हैरान बनाएको छ ।

हमासले वास्तवमा इजरायली सेनालाई आक्रमण गर्न युक्रेनको युद्ध रणनीति अपनाएको छ । तर युक्रेनको ड्रोनले हालसम्म रुसी सेनालाई ठुलो क्षति गराएको खबर छैन । बरु रुसी सेनाले अमेरिका, बेलायतले दिएका सयौं ट्यांकरहरु ध्वस्त बनाइदिएको भिडियोहरु सर्वत्र आएका छन् ।

यता हमासले हालै एक भिडियो सार्वजनिक गरेको छ, जहाँ हमासको ड्रोनले इजरायली सेनाको समूहलाई बम खसाएको देख्न सकिन्छ । ठीक त्यस्तै युद्ध शैली हमासले पछ्याएको हो । गाजाभित्र भएको पछिल्लो युद्धमा गाजामा घुसेका १९ इजरायली सेनाको मृत्यु भएको छ । उनीहरू हमासको ड्रोन हमलाबाटै मारिएको आशंका छ ।