बिहान उठ्नेबित्तिकै चिया वा कफी पिउन खोज्ने धेरै हुने गर्दछ्न । यसरी खाली पेटमा चियाकफी पिउनुचाहिँ स्वास्थ्यका लागि हानिकारक हुन्छ । उठेर पानी पिउने बानी स्वास्थ्यका दृष्टिकोणले राम्रो काम हो ।
बिहान सबेरै उठेर वीरेनून राखेको पानी पिउँदा स्वास्थ्यलाई अद्भुत लाभ प्राप्त हुन्छ ।
शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न यो नून प्रभावकारी हुन्छ । तरल पदार्थको असन्तुलन रहँदा मांसपेशी दुख्ने र टाउको चट्किने समस्या आउँछ ।
वीरेनूनमा आयोडिन पर्याप्त मात्रामा पाइन्छ । वीरेनूनमा भएको सोडियम, पोटेसियम, क्याल्सियम र म्याग्नेसियमले मासंपेशीलाई खुम्चिन दिँदैन । अनि म्याग्नेसियम एन्टी इन्फ्लेमेटरी भएकाले टाउको दुखेको निको हुन्छ ।
पाचन प्रणालीमा सुधारका लागि पनि वीरेनून राखेको पानी लाभदायक हुन्छ । यसले पाचनलाई सहायता गर्ने एन्जाइमलाई उत्तेजित गरी पेटमा हाइड्रोक्लोरिक एसिड उत्पादनलाई प्रोत्साहित गर्छ ।
वीरेनून राखेको पानीमा आवश्यक इलेक्ट्रोलाइटहरू हुनाले यसलाई पिउँदा ऊर्जा आउँछ । सादा पानीले पनि शरीरबाट विषाक्त तत्त्वहरू बाहिर निकाल्छ तर वीरेनून हालेको पानीले विष निकाल्नुका साथै शरीरलाई आर्द्र राख्न सहायता गर्छ ।
राम्रो निद्रा ल्याउन र तौल घटाउन पनि यो लाभदायक हुन्छ ।