• फाल्गुन २६ २०८२, मंगलवार

भारतका ८ पूर्व सैनिकलाई कतारमा सुनाइयो मृत्युदण्डको फैसला

कार्तिक १० २०८०, शुक्रबार

काठमाडौं । भारतका ८ जना पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय सुनाइएको छ। कतारमा पक्राउ परेका उनीहरुलाई फाँसीको फैसला सुनाइएको हो।

यो फैसलाबाट स्तब्ध भएको भन्दै भारत सरकारले उनीहरुलाई बचाउनका लागि कानुनी विकल्पहरुबारे खोजिने जनाएको छ।

फाँसीको सजाय सुनाइएका आठ जना भारतको जलसेनाका अवकाशप्राप्त अधिकारीहरु हुन्। जासुसी गरेको आरोपमा उनीहरुलाई गत २०२२ सेप्टेम्बरमा उक्राउ गरिएको थियो। संवेदनशील सूचना इजरायललाई दिइएको आरोप छ।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग सुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ। हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं।’