• फाल्गुन २६ २०८२, मंगलवार

गाजा क्षेत्रमा पुन सैन्य कारबाहीको तयारी

कार्तिक ९ २०८०, बिहीबार

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा पुन सैन्य कारबाहीको तयारी सुरु गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रमा स्थलगत सैन्य कारबाहीको तयारी भइरहेको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहूले सैन्य कारबाही कहिलेबाट सुरु हुने भन्नेबारेमा स्पष्ट जानकारी नदिएपनि स्थलगत रुपमा हुने कारबाही ब्यापक हुन सक्ने जनाइएको छ। प्रधानमन्त्री नेतान्याहूले यस्तो कारबाही सुरु मात्र भएको दाबी गर्दै अब आतंकवाद अन्त गरेर मात्र विश्राम लिने बताएका छन्।यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीचको तनाव तत्काल यथास्थितिमा फर्कने सम्भावना नरहेको बताए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो टिप्पणीमाथिका प्रतिक्रियाले आफू स्तब्ध भएको बताउनुभएको छ। इजरायलले पनि प्यालेस्टाइनीमाथि दमन गरेको तर हमासले गरेको आतङ्कले प्यालेस्टिनीको गुनासो समाधान नगर्ने टिप्पणी गरेका थिए।

जवाफमा इजरायलले उनको भनाइमा कडा आपती जनाउँदै महासचिव गुटेरेसलाई इजरायल प्रवेशमा रोक लगाउन सक्ने चेतावनी दिएको थियो। हमास माथिको हमलामा सर्वसाधारण परेको प्रति गुटरेसले टिप्पणी पछि इजरायलले उनको राजीनामा माग गरेको थियो।