• फाल्गुन २६ २०८२, मंगलवार

इजरायलले गर्यो सिरियामाथि आक्रमण, मध्यपूर्वमा युद्ध फैलने निश्चित

कार्तिक ८ २०८०, बुधबार

काठमाडौं । इजरायली सेनाले सिरियाको दक्षिणी प्रान्त दारामा आक्रमण गरेको छ । आक्रमणमा आठ सिरियाली सैनिकको मृत्यु भएको छ । सात सिरियाली सैनिक घाइते छन् । सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्थानीय समय अनुसार बुधबार राति १ बजेर ४५ मिनेटमा इजरायलबाट आक्रमण गरिएको जनाएको छ ।

इजरायलको सेनाले सिरियाली सैन्य इलाकामा आक्रमण गरिएको पुष्टि गरेको छ । सिरियाबाट सीमापार रकेट प्रहार गरिएपछि जवाफी कारबाही गरिएको इजरायली सेनाको भनाइ छ । सिरिया प्यालेस्टाइन समर्थक देश हो । इजरायलको सिरियामाथिको आक्रमणले मध्यपूर्वमा जारी युद्ध फैलने संकेत देखिएको छ ।