काठमाडाैं । इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ । आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते भएका छन् ।
इजरायलकै सेनाले आफ्नो सेनामा भएको हताहतीबारे जानकारी दिएको हो । घाइते हुनेमा एक इजरायली सेनाको अवस्था गम्भीर छ ।इजरायली सेनाले अपहरणमा परेका मानिसहरू बचाउन जमिनको कारबाही सुरुवात गरेको बताएको छ । इजरायली सेनामाथि हमासले एन्टी ट्यांक मिसाइल आक्रमण गरेको अल जजिराले जनाएको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमा हजारौं रकेटहरु आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले गाजा पट्टीमा दुई हप्ताभन्दा बढी समयदेखि बमबारी गरिरहेको छ ।