• मंसिर १२ २०८१, बुधबार

कराँतेमा एरिकालाई एतिहासिक रजत पदक

आश्विन २० २०८०, शनिबार

काठमाडौँ । नेपालकी एरिका गुरुङले कराँतेमा ऐतिहासिक रजत पदक जितेकी छन्। कराँतेमा नेपालले एसियाली खेलकुदमा पहिलो पटक रजत पदक जितेको हो।

हाङझाउ जारी १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा गुरुङले रजत पदक प्राप्त गरेकी हुन्। समग्रमा उनी कराँतेमा पदक भित्र्याउने तेस्रो खेलाडी बन्दा कराँतेमा रजत जित्ने भने उनी पहिलो खेलाडी बनिन्।

उनले फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग ३–० ले पराजित हुँदै ऐतिहासिक रुपमा रजत पदक पक्का गरेकी हुन्। एरिकाले कराँते इतिहासमा नै पहिलो पटक रजत जितिन्।