काठमाडौँ । आजदेखि आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । भारतस्थित नरेन्द्र मोदी स्टेडियममा एकदिवसीय विश्वकप १३औँ संस्करणको उद्घाटन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्याण्ड भिड्ने छन् । सो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजिल्याण्ड उपविजेता टोली हो ।
विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नाई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।
विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान