• असार ४ २०८२, बुधबार

दुई दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक आज बस्दै

आश्विन १७ २०८०, बुधबार

हेटौडा । दुई दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक आज बस्न लागेको छ । बैठक अपराह्न ४ बजे प्रदेश संसद भवन हेटौँडामा बोलाइएको छ ।

प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएपछि सोमवारदेखि बैठक सुचारू हुन सकेको छ । सोमबारको बैठक एमालेले अवरोध गरेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, मंगलबार पनि बैठक बस्दै नबसी स्थगित गरिए पछि आज अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले सोमबारको बैठकमा अवरोध गरेको थियो ।