काठमाडौं । एसिया कपको फाइलनमा श्रीलंका ५० रनमै समेटिएको छ। भारतका तीव्र गतिका बलर मोहम्मद शिराज एक्लैले ६ विकेट लिए भने हार्दिक पाण्डेयले ३ विकेट लिए। एक विकेट जसप्रित बुमराहको नाममा रह्यो।
कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले १५ दशमलव २ ओभरमा १० विकेट गुमाउँदै ५० रन बनाएको छ। यो सँगै भारतले ५१ रनको लक्ष्य पाएको छ।
श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो। तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए। तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको पहिलो बलमा अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए।
एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट गरेपछि भारतले सानदार सुरुवात गरेको थियो। पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए।
ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए। तर अन्तिम बलमा सिल्भा पनि एज लागेर विकेटकिपरबाट क्याच आउट भएपछि विकेट झर्ने क्रम रोकिएन।