• मंसिर १३ २०८१, बिहीबार

चिकित्सकसहित ७८ जनाले सामूहिक राजीनामा दिएपछि हेटौँडा अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

भाद्र २९ २०८०, शुक्रबार

हेटौँडा  ।  हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोध तथा सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

सुरक्षा नभएको तथा यथास्थीतिमा उपचार सेवा दिन नसक्ने भन्दै हेटौँडाका चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा बन्द गराएको जनाईएको छ ।