काठमाडौं । मलेसियाको बायोमासमा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।
पहिले ब्याटिङ गर्दै भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ। नेपालले उक्त लक्ष्य १३ दशमलव २ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो।
भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिइन्।