• मंसिर १२ २०८१, बुधबार

पाकिस्तानसामु निरीह भारत, २६६ रनले भारत अलआउट

भाद्र १६ २०८०, शनिबार

काठमाडौं । एसिया कपको सबैभन्दा हाइप पाएको खेल आज भारत र पाकिस्तानबीच भइरहेको छ । श्रीलंकाको पाल्लेकेलेमा टस जितेर पहिला ब्याटिङ गरेको भारत २६६ रनमा अलआउट भएको छ । भारत ४८ ओभर ५ बलमा २६६ रन बनाउँदा अलआउट भयो ।

भारतलाई मध्यम स्कोरमा समेट्न पाकिस्तानका तीन फास्ट बलरले उत्कृष्ट बलिङ गरे । शाहिन शाह अफ्रिदीले चार विकेट लिए भने ह्यारिस रउफ र नसिम शाहले तीन तीन विकेट लिए । सुरुमै चार विकेट गुमाएर समस्यामा परेको भारतलाई इशान किसान र हार्दिक पंड्याले सम्हालेका थिए ।

किसानले ८२ रन बनाए भने पंड्याले ८७ रन बनाए । यी दुईबाहेक अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् । अब केही समयपछि जवाफी ब्याटिङ गर्न पाकिस्तान मैदानमा आउने छ ।