काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सानदार पुनरागमन जित हात पारेको छ।
शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नोटिङ्घम फरेस्ट विरुद्ध २ गोलले पछि परेको अवस्था उल्टाउँदै ३-२ को जित निकाल्दा युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा खेल सुरु भएको ५ मिनेट भित्रनै फरेस्टले २ गोल गर्दै सनसनिपूर्ण अग्रता बनाएको थियो। तर युनाईटेडले सानदार पुनरागमन गरेको थियो।
क्रिश्टियन एरिक्सनले १७ औं मिनेटमा गोल गर्दे युनाइटेडलाई खेलमा फर्काए। पहिलो हाफमा २-१ ले पछि रहेको युनाइटेडले कासिमेरोको गोलमार्पत ५२ औं मिनेटमा बराबरी गोल गर्यो। ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत ७६ औ मिनेटमा युनाइटेडलाई अग्रता दिलाउँदै टिमको तीन अङ्क निश्चित गरे। त्यसअघि ६७ औ मिनेटमा फरेस्टका जो वरल सिंधै रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए।