• फाल्गुन २४ २०८२, आईतवार

लिग्स कपको उपाधि मेसीको क्लब मियामीलाई

भाद्र ३ २०८०, आईतवार

एजेन्सी । लिग्स कपको उपाधि लियोनल मेसीको क्लब इन्टर मियामीले जितेको छ। नेपाली समयअनुसार आइतबार बिहान भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा नासभिललाई हराउँदै मियामीले उपाधि जितेको हो।

खेलको २३औं मिनेटमा मियामीले गोल गर्दै अग्रता बनाएको थियो। डि–बक्स बाहिरबाट मेसीले गरेको प्रहारले जाली चुमेपछि मियामीले अग्रता बनायो।

पहिलो हाफमा १–० को अग्रता बनाएको मियामी दास्रो हाफमा भने बराबरीमा आयो। भासभिलका लागि दोस्रो हाफको ५७औं मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

पेनाल्टीमा मियामीले बाजी मार्‍यो। सुरुवाती पाँच पेनाल्टीमा दुबै टिमले ४–४ गोल गरेपछि थप पेनाल्टीमा खेल धकेलिएको थियो। जहाँ दुबैतर्फबाट २२ पेनाल्टी प्रहार भएका थिए।

पेनाल्टीको अन्तिम निर्णायक गोल मियामीका गोलरक्षकले गरे। ११ जनाले पेनाल्टी गर्दै मियामीले १० गोल गरेको थियो। अन्तिममा नासभिलका गोलरक्षकले गरेको पेनाल्टी प्रहार मियामीका गोलरक्षकले रोकेपछि पेनाल्टीमा १०–९ गोलको नतिजा निकाल्दै मियामीले उपाधी उचाल्यो।