• बैशाख १३ २०८३, आईतवार

५३ मिलियन पाउण्डमा चेल्सीले भित्र्यायो १९ वर्षीय मिडफिल्डर

श्रावण ३१ २०८०, बुधबार

काठमाडौं । इंग्लिस क्लब चेल्सीले ५३ मिलियन पाउण्डमा १९ वर्षीय मिडफिल्डर भित्र्याएको छ। इंग्लिस क्लब साउथह्याम्टनका मिडफिल्डर रोमिओ लाभियालाई चेल्सीले भित्र्याएको हो।

१९ वर्षीय बेल्जियन मिडफिल्डर राष्ट्रिय टिमको सिनियर टोलीबाट समेत खेलिसकेका छन्। उनले गत सिजन साउथह्याम्टनका लागि ३४ खेल खेलेका थिए।

उनलाई भित्र्याउन लिभरपुलले पनि चासो राखेको थियो। यसअघि चेल्सीले सोमबार मात्रै इक्वेडरका मिडफिल्डर काइसेडोलाई १०० पाउन्डमा भित्र्याएको थियो।