• जेष्ठ २८ २०८२, मंगलवार

नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ आज हुँदै

श्रावण २२ २०८०, सोमबार

काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङ मार्गको आज दिउँसो ‘ब्रेक थ्रु’ हुने भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा जाने कार्यक्रम रहेको छ । ‘ब्रेक थ्रु’का लागि ‘रेस्क्यू टनेल’को काम अब एक मिटर मात्र बाँकी रहेको परियोजनाले जनाएको छ ।

२०७६ साल कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम आज सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।

यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ ।

मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।