• जेष्ठ २८ २०८२, मंगलवार

माओवादी नेता नेम्वाङले किन गरे पार्टीको कोसी प्रदेश समिति खारेजीको माग ?

श्रावण २० २०८०, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरेका छन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार उनले प्रदेशभित्रका कुनैपनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइएको भन्दै खारेज गर्न आग्रह गरेका हुन् ।

प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरु पनि केन्द्रले कार्यान्वयन नगरेकाले प्रदेश संरचनाको औचित्य पुष्टि हुन नसकेको नेम्वाङले बताए ।

‘मन्त्रिमण्डल गठन, विघठन, प्रदेश सरकार निर्माण लगायत बिषयमा मात्र होइन, आफ्नै प्रदेशबाट केन्द्रीय समितिमा प्रस्ताव गरिने नाम समेतमा प्रदेश कमिटीलाई अत्तोपत्तो नहुने भएपछि पार्टीको प्रदेश कमिटीको के काम ?’ उनले प्रश्न गरे । नेम्वाङले अगाडि भने, ‘प्रदेशलाई काम गर्ने स्वायत्तता र अधिकार नहुने भएपछि यसलाई खारेज गरौं ।’