काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यावारिधी गर्ने भएका छन् । मेयर शाहले काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधी गर्ने भएका हुन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् शाहले काठमाडौँ विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप प्रदान गरेको जानकारी दिएका छन् । मेयर शाहले आफूले ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्धन गर्न नेवाः सम्पदाको संरक्षण’ शीर्षकमा शोध गर्न लागेको समेत स्पष्ट पारेका छन् ।
भनेका छन्, ‘मेरो पीएचडीको लागि फेलोसिप प्रदान गरेकोमा काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद । साथीहरु अब ३ वर्षमा डा. बालेन. पीएचडीको लागि मेरो विषय ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ रहेको छ । ’