• जेष्ठ २८ २०८२, मंगलवार

नेपाली कांग्रेसको १० दिने सांगठनिक सदृढीकरण आजदेखि शुरु

श्रावण २० २०८०, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण अभियान आजदेखि सुरु हुँदैछ। साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अभियान सुरु भएको हो।

‘नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि श्रावण २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय गर्दछ’, केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको थियो।

यस अभियान अन्तर्गत ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरु पुग्नेछन्। संसद्‌मा नरहेका नेताहरु यस अभियानमा खटिएका छन्।

पार्टी पदाधिकारीहरु समेत खटिनेछन्। सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय डिना मोरङ- ६, महेन्द्र यादव पर्सा- ४, उमाकान्त चौधरी भक्तपुर- २, भीष्मराज आङ्दम्बे काठमाडौं- १० मा खटिनेछन्।