• आश्विन १३ २०८१, आईतवार

ल्वाङको तेलदेखि अदुवासम्मले यसरी ठीक गर्छ दाँतको दुखाइ

श्रावण १९ २०८०, शुक्रबार

आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँत दुख्ने गर्छ । कतिपटक त लामो समयसम्म हल्का दुखिरहने हुन्छ । कीरा लागेर वा गिजा कमजोर भएर पनि दाँतको दुखाइ हुन्छ ।

दाँतमा सिन्का घुसाएर सफा गर्ने बानीले समेत यो समस्या आउँछ । यसो गर्दा दाँतको बीचमा खाली ठाउँ निस्कन्छ । दाँत दुखेपछि राम्रोसँग ब्रश गर्न सकिँदैन । साथै, श्वास गन्हाउने, मुखबाट असामान्य गन्ध आउनेलगायत समस्या हुन्छ । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् । दुख्ने समस्याबाट छुटकारा पाउन तलका घरेलु उपाय अपनाउन सकिन्छ :

यदि तपाईंको दाँत दुख्छ भने ल्वाङलाई दाँतले च्यापेर राख्नुहोस् । यसबाट तपाईंलाई धेरै नै राहत मिल्नेछ । ल्वाङमा ठूलो मात्रामा एनेस्थेटिक तथा एनलगेसिक गुण पाइन्छ, जसले दुखाइ कम गर्न सहयोग पुर्‍याउँछ । दिनमा दुईदेखि तीनपटक ल्वाङ मुखमा राख्नुपर्छ । ल्वाङ मुखमा राखेको बेला केही खानु हुँदैन ।

खोकीको गोली
खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् । यस्ता गोली चुस्नुस् । गोली नचबाउनुहोला है ।

मजाले दाँत माझ्नुस्
दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथवाशले कुल्ला गर्ने सबै थोक गर्नुस् । कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ ।

काँक्रो
काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ ।

टिब्याग
दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ । टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ ।

अदुवा
अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस् । त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् । बिस्तारै दुखाइ कम हुँदै जान्छ ।