• जेष्ठ २८ २०८२, मंगलवार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

श्रावण १८ २०८०, बिहीबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ ।

मंसिर हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता र सरकारले गरेका कामका बारेमा मुख्य गरी बैठकमा छलफल हुने छन् ।

बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए भने १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका थिए ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।