• जेष्ठ १० २०८३, आईतवार

भारतबाट इन्धनको मूल्य बढेर आयो, पेट्रोल,डिजेलको मूल्य बढ्ने , ग्यासको घट्ने

श्रावण १६ २०८०, मंगलवार

काठमाडौं। भारतीय आयल निगम (आईओसी) ले पेट्रोल तथा डिजेलको भाउ बढाएर पठाएको छ। नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए।

ठाकुरका अनुसार आईओसीले पठाएको सूचीअनुसार नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ। जसका कारण इन्धनको मूल्य बढ्न जानेछ। आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्दछ।

आईओसीले ग्यासको मूल्यमा भने प्रतिसिलिण्डर १ सय रुपैयाँ घटाएर पठाएको प्रवक्ता ठाकुरले बताएका छन्। स्वचालित प्रणालीले ग्यासको मूल्य भने घट्नेछ।

ठाकुरका अनुसार हवाई इन्धनमा पनि केही मूल्य बढेर आएको छ। यसको भने स्वचालित मूल्य अनुसार मूल्य परिवर्तन हुँदैन।